मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौं - मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल गरेका थिए भने मनिष डागी र रोशन रानाले एक एक गोल गरेका थिए ।
अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया