फुटबल

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

इकागज |
फागुन १८, २०८१ आइतबार १५:४७ बजे

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले यही मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा हुने छ ।


नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रूपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।
   


Author

थप समाचार
x