फुटबल

लिभरपुलको अर्को शानदार जित

इकागज |
फागुन २५, २०८१ आइतबार ६:४७ बजे

काठमाडौँ- इङ्‌लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए । 


यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ ।  त्यसैगरी साउथहम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ । 
            


Author

थप समाचार
x