अल खोलूउदमाथि अल नासरको शानदार जित

काठमाडौँ- अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक ग्ल गरेका थिए । त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए ।
यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया