कारबाओ कपको उपाधि न्यूक्यासलले जित्यो

काठमाडौँ- न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ ।
गएराती भएको फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो ।
न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए ।
न्यूक्यासलले क्लबको इतिहासमा सन् १९५४-५५ मा एफए कप जितेपछि पहिलो पटक कुनै पनि घरेलु उपाधि जितेको हो । कारबाओ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको लिभरपुल भने अहिलेसम्म सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया