फुटबल

मेस्सीले बार्सिलोना छाडेको घोषणा

इकागज |
साउन २२, २०७८ शुक्रबार ६:३५ बजे

फाइल फोटो

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोना क्लबले नै मेस्सीले क्लब छाड्न लागेको औपचारिक पुष्टि गरेको हो ।

यससँगै आधुनिक फुटबलका एक महान खेलाडीको क्याट्लान क्लब बसाई औपचारिक रुपमै टुंगिएको छ । कोपा अमेरिका उपाधि जितेर अर्जेन्टिनाबाट बार्सिलोना फर्केका मेस्सीसँग सम्झौता नवीकरण गर्ने पक्षमा बार्सिलोना थियो ।


तर सम्झौता नवीकरण नगरेर क्लब छाड्न चाहेको बताएपछि बार्सिलोनाले नै मेस्सीले क्लब छाडेको घोषणा गरेको हो । यसअघि मेस्सी आधा तलबमा बार्सिलोनामा बस्न तयार रहेको समाचार आएका थिए । तर उनीहरु बीचको असमझदारी बढेर मेस्सीले क्लब छाडेको अनुमान गरिएको छ । 

बार्सिलोनाले अहिलेसम्मको उपलब्धि र उपाधिका लागि मेस्सीलाई धन्यवाद दिएको छ । आधुनिक फुटबलका जादु भनेर चिनिने मेस्सी अब कुन क्लब जान्छन् ? भन्ने खुलिसकेको छैन ।


Author

थप समाचार
x