दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित
फोटो : गोल नेपाल
काठमाडौँ - भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । भारतलाई जिताउन कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरीले गोल गरे ।
नेपालका लागि तेज तामाङले एक गोल फर्काए । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक–एकको बराबरीमा सकिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया