१० वर्षमा १४ औँ प्रशिक्षक बर्खास्त गर्याे वाटफोर्डले
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको वाटफोर्डले आफ्ना प्रशिक्षक सिस्को मुनोजलाई आइतबार बर्खास्त गरेको छ । यससँगै सिस्को यो सिजनको प्रिमियर लिगमा बर्खास्तीमा पर्ने पहिलो प्रशिक्षक बनेका छन् । जारी लिगमा सात खेलमध्ये चारमा पराजय भोगेपछि वाटफोर्डले प्रशिक्षक परिवर्तन गर्ने निर्णय गरेको हो ।
वाटफोर्ड प्रशिक्षक परिवर्तन गर्ने मामलामा अन्य क्लबभन्दा अगाडि छ । उसले १० वर्षमा १४ प्रशिक्षकलाई बर्खास्त गरिसकेको छ । मुनेज करिब १० महिना वाटफोर्डमा रहे । शनिबार लिड्स युनाइटेडसँगको खेल नै वाटफोर्ड करियरको उनको अन्तिम खेल बन्यो । वाटफोर्ड लिड्ससँग १–० ले पराजित भएको थियो । चौथो हारसँगै वाटफोर्ड लिगको १४ औँ स्थानमा छ ।
४१ वर्ष सिस्कोकै प्रशिक्षणमा वाटफोर्ड यस सिजन प्रिमियर लिग फर्केको थियो । स्पेनिस लिगका भ्यालेन्सिया र रियल बेटिसको प्रशिक्षक रहिसकेका सिस्कोले वाटफोर्डलाई गत सिजन दोस्रो श्रेणीको इंग्लिस लिग च्याम्पियनसिपमा दोस्रो बनाएका थिए । इटालीको पोज्जो परिवारको स्वामित्वमा रहेको वाटफोर्डले तत्कालै नयाँ प्रशिक्षक नियुक्त गर्ने बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया