फुटबल

ईएफएल कपः चेल्सीलाई पेनाल्टी र आर्सनललाई रक्षकको सहारा

इकागज |
कात्तिक १०, २०७८ बुधबार १३:४६ बजे

काठमाडौँ- चेल्सी र आर्सनल मंगलबार राति ईएफल कपको क्वार्टरफाइनल प्रवेश गरेका छन् । इंग्ल्यान्डको घरेलु कपको अन्तिम आठमा प्रिमियर लिगका चेल्सी र आर्सनलका अलावा तेस्रो श्रेणीको सन्डरल्यान्डले पनि आफ्नो स्थान पक्का गर्‍यो । 

क्‍वार्टरफाइनल प्रवेशका लागि चेल्सीले चौथो चरणको खेलमा साउथह्याम्पटनलाई पेनाल्टीमा ४–३ ले पन्छायो । निर्धारित समयमा दुवै टिमले एक–एक गोल गरेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । दुई टिमले तीन मिनेटको फरकमा गोल गरेका थिए । चेल्सीका लागि ‘फल्स नाइन’ बनेर खेलिरहेका काई हाबर्ट्सले ४४ औँ मिनेटमा गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै साउथह्याम्पटनले गोल फर्कायो । उसका लागि चे एडम्सले गोल गरे । 


पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका थियो वाल्कोट र विलियाम स्मलबोन चुके । चेल्सीका म्यासन माउन्ट पनि पेनाल्टीमा सफल भएनन् । 

उता आर्सनलले लिड्स युनाइटेडमाथि २–० को जित दर्ता ग¥यो । आर्सनलका क्यालम च्याम्बर्स र एड्डी नेकेटियाले एक–एक गोल गरे । आर्सनलले खेलमा ५५ औँ मिनेटमा अग्रता लिएको थियो । रक्षक बेन ह्वाइटलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै च्याम्बर्सले आर्सनललाई अग्रता दिलाए । आर्सनलले दोस्रो गोल भने ६९ औँ मिनेटमा ग¥यो । निकोलस पेपेको पासमा २२ वर्षिय स्ट्राइकर नेकेटियाले सुन्दर गोल गरे । 

कुनैबेला प्रिमियर लिगमा रहेका सन्डरल्यान्डर क्विन पार्क रेन्जर्स (क्यूपीआर) भिडेको खेलको नतिजा पनि पेनाल्टीले नै निर्क्‍याेल गर्‍यो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टीबाट निस्किएको थियो । सन्डरल्यान्डका लागि एइडन म्याकगेड्डी, रोस स्टेवार्ट र एलेक्स प्रिचकार्डले गोल गरे । उता क्यूपीआरका लागि भने लायनडोन डाइक्सले मात्र गोल गर्न सके । चार्ली अस्टिन, एल्लास चेयर र योआन बारबेट भने पेनाल्टीमा चुके । 

ईएफएलमा बिहीबार टोटनहमले बर्नलीको सामना गर्दैछ भने अर्को खेलमा लेस्टर सिटी र ब्राइटन भिड्नेछन् । त्यसैगरी अन्य खेलमा प्रेस्टन नर्थ इन्डले लिभरपुललाई स्वागत गदैर्छ भने प्रिमियर लिगका दुई ठूला टिम वेस्टह्याम र म्यानचेस्टर सिटी पनि आपसमा प्रतिस्पर्धा गर्दैछन् । ईएफएल कपको अर्को खेलमा च्याम्पियनसिपको स्टोक सिटीले प्रिमियर लिगको नवप्रवेशी क्लब ब्रेन्टफोर्डका सामु चुनौती पेश गर्नेछ । 


Author

थप समाचार
x