फुटबल

काराबावो कपबाट बाहिरियो सिटी, लिभरपुल अन्तिम आठमा

इकागज |
कात्तिक ११, २०७८ बिहीबार ८:१६ बजे

काठमाडौँ- साविकको विजेता म्यानचेस्टर सिटी काराबावो कपको प्रि-क्‍वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार भएको खेलमा सिटी  वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । निर्धारित समयमा कुनै नभएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । जहाँ सिटीका फिल फोडेन गोल गर्न सकेनन् । 


अन्य खेलमा लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । यस्तै टोटनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्‍याे । 

अर्को खेलमा प्रिमियर लिग क्लब ब्रेन्ट्फोर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्‍वार्टरफाइनलमा स्थान बनाएको छ । 

यो सँगै कारवाओ कपको क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ । क्‍वार्टरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटनहम, ब्रेन्ट्फोर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् ।


Author

थप समाचार
x