एटलान्टाका प्रशिक्षकले रोनाल्डोलाई भने : गो टु हेल
काठमाडौँ- च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर युनाइटेड एटलान्टासँग बराबरीमा रोकियो । एटलान्टाको गेविस रंगशालामा भएको खेलमा युनाइटेड दुई पटक पछाडि पर्यो । दुवै पटक क्रिस्टियानो रोनाल्डोले बराबरी गोल गरे । र, ओले गनर सोल्स्यारको टिमलाई हारबाट जोगाए ।
घरेलु मैदानमा एटलान्टाले १२ औँ मिनेटमै अग्रता लिएको थियो । डुभान जापाटाको पासमा जोसेफ यलेचिचले एटलान्टाको पहिलो गोल गरेका थिए । पहिलो हाफको उत्तर्राद्धमा रोनाल्डोले गोल फर्काए । दोस्रो हाफमा एटलान्टाले फेरि गोल गर्यो । यसपटक जापाटाले आफैँ गोल गरे । पहिलो हाफ सकिन लाग्दै गर्दा गोल फर्काएका रोनाल्डाले दोस्रो हाफको अन्त्यमा व्यत्तिगत दोस्रो गोल गरे ।
यी दुई टिमबीचको पहिलो लेगमा पनि रोनाल्डो नै निर्णायक सावित भएका थिए । रोनाल्डाले आफ्नो टिमविरुद्ध फेरि पनि उत्कृष्ट प्रदर्शन गरेपछि एटलान्टाका प्रशिक्षक जियान पिएरो गास्पेरिनीले ३६ वर्षीय फरवार्डको तारिफ गरे ।
‘कतिपयले रोनाल्डो युनाइटेडको समस्या हुन् भनेर भनेको सुनेको छु । यस्तो समस्या मेरो टिममा भए म प्रसन्न हुनेछु । रोनाल्डो विरलै नराम्रो खेल्छन् । यो खेलमा पनि उनी नै निर्णायक सावित भए । खेलपछि मैले उनीसँग कुरा गरे । र, उनलाई गो टु हेल भनेँ,’ गास्पेरिनीले ठट्यौली पारामा भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया