फुटबल

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

इकागज |
कात्तिक १८, २०७८ बिहीबार ८:५ बजे

काठमाडौँ- युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टो र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिकोलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । 


घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । ३६औं मिनेटमा फिलिपेले सिधै रातो कार्ड ब्यहोरेपछि एथ्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो । 

समूह ‘बी’ को अर्को खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे । 

समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एथ्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ ।


Author

थप समाचार
x