बार्सिलोना बराबरीमा रोकियो
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।
सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डिपाएले एक-एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे ।
जोर्डी अल्बाको पासमा फातीले पाचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केट्सले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए । दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्यो । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औँ स्थानमा छ ।
शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे । जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया