आर्सनलले वाटफोर्डकाे अपमान गर्याे: रानिएरी
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा यसपटक आर्सनलको सुरुवात सन्तोषजनक रहन सकेको थिएन । पहिलो खेलमा नवप्रवेशी बे्रन्टफ्रोर्डसँग स्तब्ध बनेको आर्सनलले त्यसपछिका दुई खेलमा पनि पराजय भोगेको थियो । आर्सनलले चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध कुल सात गोल खाएको थियो । त्यसयता भने प्रिमियर लिगमा आर्सनल अपराजित छ ।
आइतबार आर्सनलले छैटो जित दर्ता गर्यो । एमिल स्मिथ रोले खेलको एक मात्र गोल गरेपछि आर्सनलले वाटफोर्डलाई पराजित गर्यो । यद्यपि एमिलको गोल विवादित बन्यो । वाटफोर्डका खेलाडी मैदानमा लडिरहेको अवस्थामा पनि आर्सनलले आफ्नो बिल्डअपलाई जारी राख्यो र एमिलले गोल गरे ।
आफ्ना खेलाडी मैदानमा लडिरहेको अवस्थामा पनि आर्सनलले खेल नरोकेको भन्दै वाटफोर्डका प्रशिक्षक क्लाडियो रानिएरीले आक्रोश पोखेका छन् । आर्सनलले आफ्नो टिमप्रति अनादर देखाएको रानिएरीको भनाइ थियो ।
‘हाम्रो खेलाडी घाइते भएपछि हामीले बल बाहिर फाल्यौँ । तर आर्सनलले हामीलाई बल दिएन । बरु बिल्डअपलाई जारी राख्यो । खेलपछि मैले मिकेल आर्टेटासँग कुरा गरे । उनीप्रति मेरो सम्मान छ । तर आर्सनलले हाम्रो टिमकाे अपमान गर्यो,’ रानिएरीले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया