एसिया विश्वकप छनोट : इरान, जापान र दक्षिण कोरिया विजयी
काठमाडौँ- कतार विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेलमा बलिया इरान, जापान र दक्षिण कोरिया विजयी भएका छन् ।
बिहीबार भएको खेलमा हि–चान ह्वाङले गरेको गोलमा दक्षिण कोरियाले युनाइटेड अरब इमिरेट्स(युएई)लाई १–० गोल अन्तरले हरायो । खेलको ३६ औं मिनेटमा ह्वाङले पेनाल्टीमा गरेको गोल नै निर्णायक गोल रह्यो ।
समूह ‘ए’ कै अर्को खेलमा इरानले लेबनानमाथि २–१ ले विजय हासिल गर्यो । एक शून्यले पछाडि परेको इरानले इन्जुरी समयमा दुई गोल गरेपछि महत्त्वपूर्ण तीन अंक जोडेको हो ।
लेबनानले सूनी सादको गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो । तर सरदार अजमौन र अहमद नौरोल्लाहीले इन्जुरी समयमा गोल गरेपछि इरान विजयी भएको हो ।
तेस्रो चरणको जितसँगै समूह ‘ए’ मा रहेको कोरियाले पाँच खेलबाट ११ अंक जोडेको छ । जुन शीर्ष स्थानको इरानभन्दा दुई अंकले पछाडि हो । इरानको १३ अंक छ । पराजित लेबनानको पाँच अंक छ भने युएईको तीन अंक छ ।
आज नै समूह ‘बी’ रहेको जापानले भियतनामलाई १–० गोल अन्तरले हरायो । जापानको जितमा जुन्या इटोले १७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितपछि जापानले पाँच खेलबाट ९ अंक जोडेको छ । जुन शीर्ष स्थानको साउदी अरेबियाको भन्दा चार अंकले पछाडि हो भने दोस्रो स्थानको अस्ट्रेलियाभन्दा एक अंकले पछाडि हो ।
अस्ट्रेलियनै भएको खेलमा अस्ट्रेलियाले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया