जर्मनी, क्रोएसिया र रसियाको आधा दर्जन गोल
काठमाडौँ- जर्मनी, क्रोएसिया र रसियाले कतार फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटको सानदार जित निकालेका छन् । बिहीबार राति भएका खेलमा जर्मनी, क्रोएसिया र रसियाले आफ्ना विपक्षीविरुद्ध आधा दर्जन गोल गरेका हुन् ।
समूह ‘एच’ को खेलमा क्रोएसियाले घरेलु टोली माल्टामाथि ७-१ को फराकिलो जित निकाल्यो । क्रोएसियाको सानदार जितमा लोभ्रो माजेरले दुई तथा इभान पेरिसिस, डुजे कालेटा कार, मारियो पासालिस, लुका मोड्रिच र एन्डरेज क्रामारिकले १-१ गरे । क्रोएसियाको मार्कोलो ब्रोजोभिकले आत्माघाति गोल गरे ।
समूह ‘एच’ कै अर्को खेलमा रसियाले साइप्रसमाथि ६-० ले हरायो । रसियाको जितमा एलेक्सान्डर योरोखिनले दुई तथा फेडर सोमोलोभ, एन्डरे मोस्टोभोए, एलेकसेइ सुटोरमिन र एन्टन जाबोलोटनीले १-१ गोल गरे ।
अर्को खेलमा स्लोभाकिया र स्लोभेनियाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘एच’ को यो नतिजापछि क्रोएसिया र रसिया सोझौ विश्वकप छनोटको सम्भावना बनाएका छन् । समूहमा ९ खेल सकिँदा रयिा ९ खेलबाट ७ जित, १ बराबर र १ हारका साथ २२ अंक बोकेर शीर्ष स्थानमा छ । ६ जित, २ बराबर र १ हार सहित २० अंक बनाएर दोस्रो स्थानमा छ ।
११ अंक रहेका स्लोभाकिया र स्लोभेनिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यता, समान ५ अंक भएका माल्टा र साइप्रस क्रमशः पाचौं र छैटौं स्थानमा छन् । समूह ‘जे’ को खेलमा जर्मनीले १० खेलाडीमा सिमित लिचेस्टाइनमाथि ९-०को जित निकाल्यो । जर्मनीको सानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्केए गुन्डोगान, मार्काे रिउस र रिड्ले बाकुले समान एक गोल गरे । लिचेस्टाइनका डानियल र माक्सिमिलियानले आत्मघाति गोल गरेका थिए ।
खेलको ९मिनेटमै लिचेस्टाइनका डिफेण्डर लेन्स होफेरले सिधै रातोकार्ड ब्यहोर्दै मैदान छाडेका थिए । समूह ‘जे’ कै अर्काे खेलमा रोमानियाले आईसल्याण्डसँग गोलरहित बराबरी खेल्यो । नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गर्याे ।
यस खेलसँगै समूह ‘जे’मा ९ खेल सकिँदा २४ अंक बनाएको जर्मनी शीर्षस्थानमा छ । नर्थ म्यासेडोनिया १५ अंक सहित दोस्रो स्थानमा रहँदा रोमानिया १४ अंक सहित तेस्रो स्थानमा रहेको छ । यस्तै अर्मेनिया, आईसल्याण्ड र लिचेस्टाईन क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया