फुटबल

एम्बाप्पेले गरे ६३ वर्षे लामो कीर्तिमान बराबरी

इकागज |
कात्तिक २८, २०७८ आइतबार १४:२७ बजे

काठमाडौँ- जस्ट फोन्टेइनले सन् १९५८ मा पश्चिम जर्मनीविरुद्धको खेलमा चार गोल गरेका थिए । यो आफैँमा कीर्तिमान थियो । उनको यस्तो कीर्तिमान ६३ वर्षपछि किलियान एम्बाप्पेले बराबरी गरेका छन् । विश्वकप छनौट अन्तर्गत शनिबार राति काजाकस्तानसँगको खेलमा एम्बाप्पेले पहिलो हाफमै तीन गोल गरेका थिए । 

काजाकस्तानमाथिको जितसँगै फ्रान्सले कतार विश्वकपका लागि स्थान पक्का गर्‍यो । समूह ‘डी’को विजेताको हैसियतमा फ्रान्सले विश्वकपमा आफ्नो सहभागिता सुरक्षित गरेको हो । छनौटमा अपराजित रहेको फ्रान्सले सात खेलबाट १५ अंक बनाएको छ ।  



Author

थप समाचार
x