फुटबल

कतार विश्वकपका लागि अहिलेसम्म नौ टिम छनौट

इकागज |
कात्तिक २९, २०७८ सोमबार १२:२२ बजे

काठमाडौँ- आउँदो संस्करणको विश्वकप नोभेम्बर २२, २०२२ बाट सुरू हुँदैछ । जसमा आयोजक कतारसहित कुल ३२ टिम सहभागी हुनेछन् । पहिलो पटक खाडीमा हुन लागेको विश्वकपमा सहभागी हुने टिमको निक्र्योल स्वभाविकरुपमा छनौटबाट हुनेछ । हाल सबै महादेशमा छनौट जारी छ । 

कतार विश्वकपमा सबैभन्दा बढी टिम युरोपबाट हुनेछन् । यो महादेशका १३ टिम सहभागी हुनेछन् भने अफ्रिकाबाट पाँच टिम हुनेछन् । त्यसैगरी, एसियाबाट चार टिमको सहभागिता निश्चित छ । यो संख्या पाँच पनि पुग्‍न सक्छ किनभने एक एसियाली टिमले प्लेअफ खेल्ने मौका पाउनेछ । 


उता कोनकाकाफ (उत्तर अमेरिका, सेन्ट्रल अमेरिका र क्यारबेयिन) क्षेत्रबाट अधिकतम चार टिम विश्वकपमा सहभागी हुनसक्नेछन् । अनि दक्षिण अमेरिकाबाट चार टिमको सिट पक्का छ भने थप अर्को दक्षिण अमेरिकी टिमले विश्वकपका लागि स्थान बनाउन सक्छ ।

हालसम्म नौ टिमले विश्वकप सहभागिता पक्का गरिसकेका छन् । कतार आयोजकका हैसियतले विश्वकपमा छनौट भइसकेको छ भने युरोपबाट सात टिमले स्थान पक्का गरिसकेका छन् । युरोपियन छनौटमा समूह विजेता बनेका विश्वकप विजेता फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन र सर्बियाको कतार विश्वकपमा सहभागिता पक्का भएको हो । यसैगरी, दक्षिण अमेरिकाबाट ब्राजिल छनौट भइसकेको छ । 

विश्वकपमा छनौट भइसकेका टिमः 
कतार, आयोजक 
जर्मनी, युईएफए समूह जे विजेता 
डेनमार्क, युईएफए समूह एफ विजेता 
फ्रान्स, युईएफए समूह डी विजेता 
बेल्जियम, युईएफए समूह ई विजेता 
क्रोएसिया, युईएफए समूह एच विजेता 
स्पेन, युईएफए समूह बी विजेता 
सर्विया, युईएफए समूह ए विजेता 


Author

थप समाचार
x