विश्वकपमा छनौट हुन संर्घषरत दुई पटकको विजेता उरुग्वे
काठमाडौँ- दुई पटक विश्वकप जितेको टिम हो, उरुग्वे । पहिलो संस्करणको विश्वकप विजेता उरुग्वे सन् १९५० मा पनि च्याम्पियन बन्यो । त्यसयता उरुग्वे पाँच पटक विश्वकपमा छनौट नै भएन । तर पछिल्ला तीन विश्वकपमा भने उरुग्वेले सहभागिता जनाएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा त उरुग्वे सेमिफाइनल नै पुगेको थियो ।
यसपालि भने उरुग्वेको विश्वकपमा छानिने लक्ष्य सजिलै पूरा हुने स्थिति छैन । दक्षिण अमेरिकी छनौटमा शीर्ष चारमा रहने टिम विश्वकपका लागि छनौट हुन्छन् । तर उरुग्वे भने हाल सातौँ स्थानमा छ । १४ खेलबाट उरुग्वेको १६ अंक छ । जुन चौथो स्थानको कोलम्बियाको भन्दा एक अंक कम हो ।
उरुग्वेले बुधबार बिहान बोलिभियासँग ३–० को पराजय भोग्यो । उरुग्वेले पछिल्ला चार खेलमा जित हासिल गरेको छैन । बोलिभिया भने आठौँ स्थानमा छ । विश्वकप छनौटमा उरुग्वेले चार खेल खेल्न बाँकी छ । दक्षिण अमेरिकी छनौटमा पाँचौँ बन्ने टिमले महादेशीय प्ले–अफ खेल्न पाउने हुँदा उरुग्वेको ध्यान त्यसतर्फ छ । यसका लागि उरुग्वेले आगामी खेलमा अधिकतम अंक बटुल्ने पर्ने हुन्छ ।
दक्षिण अमेरिकी छनौटमै बुधबार बिहान भएको अन्य खेलमा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेले । उता पेरुले भने अंक तालिकाको पुच्छारमा रहेको भेनेजुएलालाई २–१ ले पराजित गर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया