मेस्सी र इनिएस्टा पनि क्याम्प नौउ फर्किन सक्छन्ः बार्सिलोना अध्यक्ष
काठमाडौँ- बार्सिलोनामा पूर्वखेलाडीहरू फर्किरहेका छन् । जाभी हर्नान्डेज प्रशिक्षक बनेर फर्किएका छन् । उनै जाभीले आफ्ना साथी डानी आल्भेसलाई अनुबन्ध गरेका छन् । भलै आल्भेसले जनवरीअघि खेल्ने पाउने छैनन् । यसैबीच क्लबका अन्य पूर्वखेलाडी पनि क्याम्प नौउ फर्किने हल्ला चलिरहेको छ ।
हल्लाको मुख्य स्रोत बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा नै हुन् । उनले लियोनल मेस्सी र आन्द्रेस इनिएस्टा बार्सिलोना फर्किने सक्ने बताएपछि समर्थकमा उत्साह छाएको छ । मेस्सी गएको सरुवा बजारमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका थिए भने इनिएस्टा जापानको भिसेल कोबेबाट खेलिरहेका छन् ।
‘भविष्यको अनुमान गर्न सकिँदैन । यही हुन्छ भन्न सकिँदैन । यसकारण मेस्सी र इनिएस्टा बार्सिलोना फर्किने सम्भावनालाई नकार्न सक्ने अवस्था छैन । यी दुवै खेलाडी प्रतिभावान् छन् । अझै खेलिरहेका छन् । उनीहरू जहाँ छन्, त्यहाँ उनीहरूको भविष्य के हुन्छ, थाहा छैन । तर भोलि कसले देखेको छ र?,’ लापोर्टाले भनेका छन् ।
आल्भेसलाई बार्सिलोनाको खेलाडीका रुपमा सार्वजनिक गरिएको कार्यक्रममा लापोर्टाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले क्याम्प नौउ फर्किएकोमा आल्भेसलाई धन्यवाद पनि दिए । ‘डानी संर्घष गरेर यहाँसम्म आइपुगेको व्यक्ति हो । डानीसँग प्रतिभा त छँदैछ, मेहेनत गर्ने उर्जा पनि त्यत्तिकै छ । आशा छ, डानीको उपस्थितिले बार्सिलोना झनै बलियो टिम बन्नेछ,’ लोपार्टाले १० हजार बार्सिलोना समर्थकका बीच भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया