फुटबल

बिएल्साको यात्रा : रोजारियोदेखि लिड्ससम्म

इकागज |
कात्तिक ४, २०७७ मंगलबार ९:३० बजे

मार्सेलो बिएल्सा सन २००७ मा चिलीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुत्त भए । सान्टियागोको हुवा पिन्टो डुरान स्पोर्टस् कम्पलेक्स, बिएल्साको नयाँ कार्यालय बन्यो । अर्थात राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गराउने मूख्य स्थल ।

चिली आउनु अघि बिएल्सा स्पेन, मेक्सिको लगायतका देशहरूमा प्रशिक्षणमा ब्यस्त थिए । जहाँ रगंशालादेखि प्रशिक्षण गर्न आवश्यक पूर्वाधारहरू उच्चस्तरका थिए । तर पिन्टो डुरानको अवस्था फरक थियो । जाडोमा नुहाउन तातोपानी थिएन । खेलाडीहरूलाई राखिने होस्टेलमा खाटहरू साना थिए । अनि टिभी पनि एकदमै पुरानो । बिएल्साले बिगतमा प्रशिक्षण गराएका खेलाडीहरूको तुलानामा चिलीयन फुटबलहरूका लागी सुबिधा पनि निकै नै कम ।


त्यसबखत चिली फूटबल सघंका अध्यक्ष थिए ह्यारोल्ड मेयन निकोल्स । जसले तत्कालै बिएल्सालाई आवश्यक पूर्वाधार तथा खेलाडीका लागी सुबिधा बढाउने बचन दिए । फलस्वरुप पिन्टो डुरानको मुहार फेरियो । खेलाडीहरूका लागि आरामदायी खाटहरू ल्याइए । ठूला टिभी स्क्रिनहरू टांगिए । नुहाउन तातोपानी आउन थाल्यो । खेलाडी सुत्ने कोठाहरूमा एसी लगाइयो । स्पा थपियो । आधुनिक जिम स्थापना गरियो । ड्रेसिङ रुमहरूको सजावट छुटेन । पिन्टो डुरान बल्ल बिएल्साले चाहेजस्तो देखिन थाल्यो । अनि यूरोपका विभिन्न क्लबहरूसगँ आबद्द चिलीयन स्टारहरू राष्ट्रिय टोलीका लागि खेल्न सान्टियागो आइपुग्दा सुधारिएको पूर्वाधार देखेर दगं देखिन थाले ।

त्यसो त बिएल्साको प्रशिक्षणमा चिलीले एकपटक बिश्वकप खेल्यो । सन् २०१० मा । दक्षिण अफ्रिकी भूमिमा भएको त्यो बिश्वकप चिलीका लागी बिशेष थियो । किनभने बिश्वकपका अघिल्ला दुई संस्करणमा चिली छनोट नै हुन सकेको थिएन ।

निश्चय पनि पिन्टो डुरानको फेरिएको मुहारको पछाडी कोही थियो भने ती बिएल्सा नै थिए । किनभने पिन्टो डुरानको स्तरोन्नतीका लागी लागेको खर्च बिएल्साले नै ब्यहोरेका थिए । बिएल्सा चिलीको प्रशिक्षक रहुन्जेल कुनै पनि कार्यक्रममा मूख्य अथिती भएर जाँदा उनले पाउने पारिश्रामिक पिन्टो डुरानको स्तरोन्नतीका लागी खर्च गरिएको थियो । तर अचम्म लाग्ने तथ्य के थियो भने पिन्टो डुरानको स्तरोन्नतीका लागी ठुलो खर्च गरिएको भए पनि आफु बस्ने निवास भने बिएल्साले सामान्य नै रहन दिएका थिए । सानो कोठा । भित्तामा क्रुसिफिक्स झुन्डिएको । सानो टिभी अनि दराज । थोरै स्पेस तर पर्याप्त । 

जहाँ बिएल्सा ४२ महिना रहे 
चिलीको प्रशिक्षक रहँदा बिएल्साले पिन्टो डुरानको मुहार मात्र फेरेनन, राष्ट्रिय टोलीको सर्मथकहरूको मानसिकतामा पनि परिर्वतन ल्याए । अन्तराष्ट्रिय फुटबलमा चिली दशकौंसम्म निरिह जस्तै थियो । दक्षिण अमेरिकामा ब्राजिल वा अर्जेन्टिनाको त कुरै छाडौं दोस्रो श्रेणीका उरुग्वे वा कोलम्बियालाई पनि भेट्न सकिदैन भन्ने हिनताबोधबाट चिली ग्रसित थियो ।

त्यसो त बिएल्साको प्रशिक्षणमा चिलीले एकपटक बिश्वकप खेल्यो । सन् २०१० मा । दक्षिण अफ्रिकी भूमिमा भएको त्यो बिश्वकप चिलीका लागी बिशेष थियो । किनभने बिश्वकपका अघिल्ला दुई संस्करणमा चिली छनोट नै हुन सकेको थिएन । तर सन् २०१० को भएको बिश्वकप चिलीका लागि त्यति धेरै फलदायी हुन सकेन । चिली ब्राजिलसँग अन्तिम १६ मा पराजित हुँदै घर फर्कियो ।

बिएल्साले पहिलो प्रतियोगितामा सकारात्मक नतिजा दिन सकेनन् । तर भविष्यका लागी जग भने बसाले । नभन्दै चिलीले लगातार दुई पटक कोपा अमेरिका उचाल्यो । २०१५ र २०१६ मा । दृश्यमा आए, जर्ज साम्पओली, जो आफूलाई बिएल्साको अनुयायी मान्छन् । साम्पओलीको नेतृत्वमा चिलीले बलियो अर्जेन्टिनालाई हराउँदै घरेलु भूमिमा पहिलो पटक महादेशीय उपाधि उचाल्यो । अर्को पटक पनि उपाधि प्रतिद्वन्द्वी अर्जेन्टिना नै । प्रशिक्षक थिए अर्जेन्टिनाकै एन्टेनियो पिज्जी ।

दुवै उपाधि जित्दा चिलीका मुख्य खेलाडीहरू एलेक्सीज सान्चेज, आरतुरो भिडाललगायतका थिए । जसलाई राष्ट्रिय टोलीमा स्थापित गराएका थिए उनै बिएल्साले । खेलाडीमा खेल जित्नका लागि चाहिने आत्मबिश्वास, अनुशासन, आत्मबल अनि सिगौं टीमका लागि रणनीतिक खाका बिएल्साकै देन थियो ।

बिएल्साको प्रशिक्षण शैली
बिएल्साको काम गर्ने शैली अन्य प्रशिक्षकको भन्दा फरक छ । सानो उदाहरण, खेलाडीलाई लामो ट्रेनिङ गराउँदा बीचमा ब्रेक दिएर प्रशिक्षण केन्द्रमै आराम गर्न लगाउने । बेलायती अखबार दि गार्डियनका अनुसार बिएल्साले लिड्स युनाईटेडको जिम्मेवारी लिएपछि क्लब प्रशासनलाई र्थोप आर्क (लिड्सको प्रशिक्षण केन्द्र) भित्रै आफु र खेलाडीका लागि आराम गर्न डोरमिटोरिको ब्यवस्था गर्न लगाए । बिएल्सा यसै पनि कार्यलयमै बेड राखेर आराम गर्दै काम गर्ने फूटबल म्यानेजरका रुपमा परिचित छन् । उनी काम चाडो सुरु गर्छन् र ढिलो सक्छन् ।प्रत्येक दिन उनी प्रशिक्षण मैदानदेखि भिडियो एनलाइसीसम्मका कार्यहरूमा ब्यस्त हुन्छन् ।

'बिएल्सा प्रत्येक ट्रेनिङ सेसन उत्कृष्ट होस भन्ने चाहन्छन् ,' फ्रेन्च क्लब मार्सेमा बिएल्साको प्रशिक्षणमा खेलेका बिल टुइलोमा भन्छन् , 'बिएल्सा प्रशिक्षणमा समेत खेलाडील लिने प्रत्येक टच पूर्णरुपमा सही होस भन्ने चाहन्छन् । उनको यो सोचाईले मलगायत धेरै खेलाडीलाई फाईदा गरेको छ ।' 

भनिन्छ बिएल्साका खेलाडीहरू सधै उनीसँग प्रशिक्षण गर्न लालयित हुन्छन् ।

बिएल्साको प्रशिक्षणसँग सम्बन्धित धेरै किस्साहरू छन् । जस्तै, प्रशिक्षण दौरान सिकाइएको तरिका खेलाडीले सही रुपमा प्रयोग गर्न जानेन भने उनीहरूलाई निरन्तर त्यसमै काम गर्न लगाउँछन् । एकै खाले अभ्यास निरन्तर गराउने, पासिङ ड्रिलमा बिशेष ध्यान दिने, बलसँग र बल बिनाको मुभमेन्ट, डिफेन्डरले मात्र नभएर मिडफिल्ड र फर्वाड समेत डिफेन्समा चनाखो हुने अनि बिपक्षी पोष्टमा आक्रमण गर्न जाँदा स्ट्राइकरहरूलाई मिडफिल्डरहरूले पोजिसनिङ र बल पासमा सहयोग गर्ने । झट्ट हेर्दा, सुन्दा यी कुराहरू आधुनिक फुटबलमा नयाँ होइनन् ।

तर प्रशिक्षण र खेल दौरान यी कुराहरू पूर्णरुपमा लागू गर्न सजिलो भने हुन्न । बिएल्साका खेलाडीहरूले भने प्रशिक्षणमा होस या खेलमा, यी कुराहरू लागू गरेकै हुन्छन् । त्यसैले बिएल्साका जुनसुकै टोलीको खेल कौशलका बारेमा धेरै लेखिएको र पढिएको छ । भनिन्छ बिएल्साका खेलाडीहरू सधै उनीसँग प्रशिक्षण गर्न लालयित हुन्छन् । एक्स्ट्रा ट्रेनिङ सेसनका लागि सदैब तयार हुन्छन् ।

टुइलोमासँगै मार्सेमा खेलेका बेन्जामिन मेन्डी बिएल्सालाई सम्झिँदा उत्साहित हुन्छन् । प्लेयर्स ट्रिब्युनसगँको अन्तरवार्तामा मेन्डीले, प्रशिक्षण र खेल तयारीका क्रममा बिएल्साले अत्याधिक भिडियो एनलायसिसको प्रयोग गर्ने बताएका छन् । खेल तयारीका क्रममा प्रयोग भएको भिडियो एनलायसिसले बिपक्षीमाथी हाबी हुन धेरै मद्दत पुगेको मान्छन् मेन्डी । 'बिपक्षीका बारेमा अत्याधिक अध्ययन गर्नु बिएल्साको रुचि हो । खेल अघि हामी खेलाडीलाई बिपक्षीको सम्पूर्ण जानकारी होस भन्ने उनी चाहान्थे । बिपक्षीका सबै खेलाडीको खेल्ने शैलीदेखि लिएर उनीहरूले खेल दौरान प्रयोग गर्न सक्ने मुभमेन्टबारेमा तयारी गरिन्थ्यो । उनको प्रशिक्षण गराउने र बिपक्षीबारेमा एनलाइसिस गर्ने तरिका गज्जबको थियो' टुइलोमा सम्झिन्छन् ।

पेपको सम्झनामा बिएल्सा 
बार्सिलोनामा खेलाडीका रुपमा सक्रिय रहँदै पेप गर्डिओलाले भविष्यमा प्रशिक्षक बन्ने सोचिसकेका थिए । बार्सिलोनाको बि टीमको प्रशिक्षकमा नियुत्ति लिनुअघि गर्डिओला अर्जेन्टिना हानिए । जहाँ उनले ११ जना प्रशिक्षकसँग भेटेर प्रशिक्षण करियर सुरुवात गर्न आवश्यक सल्लाह लिए । ति प्रशिक्षकहरूको सूचीमा बिएल्सा पनि थिए । गर्डिओला बिएल्साको सदैव प्रशंसकका रुपमा परिचित थिए । उता बिएल्सा पनि गर्डिओलाले क्याम्प नोउमा देखाउने गरेका मिडफिल्ड कौशलसँग मन्त्रमुग्ध नै थिए ।

बिएल्सालाई उनको साथीको काकाले युरोपबाट फूटबल सम्बन्धि भिडियो तथा म्यागजिनहरू पठाइदिने गर्थे । बिएल्सा राइनस मिचेल्स र योहान क्रुफ जस्ता प्रशिक्षकहरूबाट प्रभावित थिए । उनले मिचेल्स र क्रुफले प्रयोग गर्ने हाई-प्रेस, अत्याधिक पोजेसनलगायतका टेक्निकहरू अनुशरण गरे । यस्ता टेक्निकहरूलाई सन् १९७० को दशकमा डचहरूले परिस्कृत गरेका थिए ।

एकदिन बिएल्साले रोजारियोमा रहेको आफ्नो फार्ममा गर्डिओला र स्पेनिस फिल्म निर्देशक डेभिड ट्राईबासँग एघार घण्टा बार्बक्यू र गफमा बिताएका थिए । यो एक उदाहरण हो गर्डिओला र बिएल्साबीच कुन स्तरको सम्बन्ध थियो भनेर बुझ्न । 'बिएल्सा एक मानिस अनि प्रशिक्षकका रुपमा असाधारण छन् । उनले लिड्स युनाइटेडका लागि मात्र होइन ईङ्गलिस फूटबलकै लागि महत्वपूर्ण योगदान गर्नेछन् । "फूटबल भनेको धेरै शैली प्रयोग गर्न सकिने खेल हो । र बिएल्साको आफ्नै शैली छ । सबै प्रशिक्षकको एकै खाले शैली भयो भने लिग पट्यारलाग्दो हुन्छ । त्यसकारण पनि बिएल्साको उपस्थिती महत्वपूर्ण हुनेछ' गत सिजन लिड्सलाई प्रिमियर लिगमा बढुवा गराएका बिएल्साका बारेमा गर्डिओलाले भनेका थिए ।

अर्जेन्टिनामा धेरै फूटबल स्टारहरूको बाल्यकाल गरिबीमा बितेको हुन्छ । युवा करियरदेखि माथिल्लो स्तर अथवा यूरोपियन लिगसम्म आइपुग्न कम कठिन हुँदैन । बिएल्साले पनि फुटबल खेलाडीका रुपमा धेरै माथिसम्म जान सकेनन् । तर उनले मेहेनत नगरेको भने होइन ।

बिएल्साको पारिवारिक अवस्था उनका साथी खेलाडीहरूको भन्दा भन्दा फरक थियो । आर्थिक रुपमा बिएल्सा परिवार बलियो थियो । बिएल्साका हजुरबुवा प्रशासनिक कानुन लेख्ने व्यत्ति थिए । राजधानी ब्यूएनोस एरिस र गृह शहर रोजारियोका कतिपय गल्लीहरू बिएल्साका हजुरबुवाका नाममा राखिएको छ । बिएल्साको परिवारबाट फुटबलमा लाग्ने उनी एक्ला हुन् । बिएल्साका पिता वकिल थिए भने दाजु पूर्वमन्त्री हुन् । त्यस्तै उनकी आर्किटेक्ट बहिनीले सरकारको महत्वपूर्ण ओहोदामा बसेर काम गरेकी छन् । आर्थिक रुपमा सबल परिवारमा जन्मेका बिएल्सालाई फूटबलमा लाग्न जरुरी थिएन । तर उनी भने फूटबलमै आफ्नो नाम बनाउन चाहन्थे ।

बिएल्सा आफ्नो जमानाको उत्कृष्ट खेलाडी थिएनन् । न त उनीसगँ ठूला यरोपियन क्लबमा खेल्नलाई आवश्यक पुग्ने खेल कौशल नै थियो । तर उनमा बलियो आत्मबिश्वास र अठोट थियो । खेलाडीका रुपमा बिएल्साको पहिलो क्लब थियो नुएल्स ओल्ड बोइज । रोजारियोकै सबैभन्दा ठूलो क्लब नुएल्ससगँको उनको आवद्दता कालन्तरमा महत्वपूर्ण साबित भयो ।

खेलाडीका रुपमा बिएल्सा मैदानमा छोटा समय मात्रै रहे । २५ वर्षको उमेरमा उनले सन्यास लिए । बिएल्साले आफू लामो समयसम्म खेल्न नसक्ने यथार्थ ठम्मयाएपछि भविष्यको योजना बनाउन तर्फ लागे । खेलाडी रहँदा उनी साथीहरूका बीच गम्भीर रहन्थे । उनी त्यतीबेला देखि नै खेलमा प्रयोग गर्न सकिने ट्याक्टिसहरूबारेमा अध्ययन गर्थे ।

खेलाडीका रुपबाट सन्यास लिएपछि बिएल्साले १० वर्षसम्म कियोस्क नामको ब्रोडसिट दैनिकको प्रकाशकको रुपमा काम गरे । आफै पनि पत्रिका पुर्‍याउन ग्राहकहरूको घरसम्म पुग्थे । तर उनलाई कुनै दिन कोच नै बन्नु थियो । काम लाग्यो उनको दाजुको पहुँच । जसको आधारमा बिएल्साले प्रशिक्षकका रुपमा पहिलो नियुत्ति पाए ब्यूएनोस एरिस विश्वविद्यालयमा । त्यहाँ उनको जिम्मेवारी थियो विश्वविधालयको पुरुष टोलीलाई प्रशिक्षण गराउनु । विश्वविधालयको प्रशिक्षक रहँदा बिएल्साको सम्झनयोग्य सफलता थियो बोका जुनियर्सको बि टीमलाई हराउनु ।

बिएल्साको यात्रा मोडियो उनले चाहेकै दिशातर्फ । आफ्नै शहर रोजारियो । उनी नुएल्स ओल्ड बोईजको एकेडेमीसँग आबद्द भए । जिम्मेवारी थियो उमेर समूहका टोलीका लागी देशभरबाट युवा खेलाडी खोजेर लिएर आउने । बिएल्सा हवाइजहाजमा यात्रा गर्न डराउँथे । त्यसकारण उनको यात्राको साधन थियो फियाटको पुरानो गाडी । तीन महिनामा बिएल्साले खेलाडी स्काउटिङमा २५००० किलोमिटर पार गरे । उनले पुरा देशलाई नै ७० भागमा विभाजन गरेर खेलाडी स्काउटिङ गरे । अनि फेला परे ग्राबियल बाटिस्टुटा जस्ता खेलाडी । सूचीमा थपिए मउरिसियो पोचेटिनो । बिएल्सालाई पोचेटिनाेको प्रतिभाका बारेमा जानकारी दिने थिए त्यही रेष्टुरेन्ट चलाउने एक स्थानीय ।

सन् १९९० मा बिएल्साको बढुवा भयो । उनले सिनियर टोलीको जिम्मेवारी सम्हाल्न थाले । आफूले खोजेर ल्याएका खेलाडीलाई समेत उनले सिनियर टोलीमा मौका दिए । युवा जोसहरूले बिएल्सालाई धोका दिएनन् । नुएल्स घरेलु लिग जित्दै महादेशीय लिगका लागि छनोट भयो ।  'वास्तवमा मेरा लागि बिएल्सा पिता सम्मान हुन् । मेरो दोस्रो पिता भन्दा फरक पर्दैन । उनीसगँको मेरो सम्बन्ध म १२ वर्ष हुँदादेखिको हो । उनी महान कोच हुन र मेरो करियरमा उनको ठूलो योगदान छ,' पोचेटिनो भन्छन् ।

तिजा सधै बिएल्साका पक्षमा रहेन । उनले अर्जेन्टिनाको भेलेज सारफिल्डमा रहँदा त्यहाँको लिग जिते । तर मार्से, लाजियो र लिलमा भने उनको अन्त्य सुखद रहेन । बिएल्साले सन् १९९८ देखि २००४ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोली पनि सम्हाले ।

भलै नुएल्स दक्षिण अमेरिकी क्लब च्याम्पियनसिपको फाइनलमा साओ पाउलोसँग पराजित भयो तर बिएल्साको नाम भने महादेशीय फुटबलमा स्थापित भयो । बिएल्साको नुएल्सप्रतिको लगाव सँधै गाढा नै रह्यो । सन् २०१४ मा प्रकाशित एक रिपोर्टका अनुसार बिएल्साले नुएल्सको युबा टोलीको प्रशिक्षणका लागि आवश्यक पूर्वाधार स्तरोन्‍नतीका लागी दुई मिलियन पाउन्ड दान गरेका थिए । बिएल्साको क्षमताबारेमा सर्वत्र परिचर्चा हुन थाल्यो । नुएल्स पछि उनको यात्रा मेक्सिको तर्फ सोझियो । उनको नयाँ जिम्मेवारी थियो मेक्सिकिन लिग खेल्ने एट्लस एफसीको युवा टोली । बिएल्साले एक वर्ष युवा खेलाडीलाई प्रशिक्षण गराएपछि मात्रै सिनियर टोली हेर्ने सर्त राखे । उनले उही पुरानो तरिका अपनाए, स्काउटिङ ।

बिएल्साको खेलाडी स्काउटिङ र प्रशिक्षण गर्ने तरिका ऐले पनि मेक्सिकोका ९२ शहरमा प्रयोग गरिन्छ । सन् ९० को दशकमा मेक्सिकोको राष्ट्रिय टोलीमा पर्ने खेलाडीमध्य १० देखि ११ जना बिएल्साकै खोजी हुन्थे । एट्लसका लागी बिएल्साले ११ हजार भन्दा धेरै युवा खेलाडीको स्काउटिङ गरेको बताइन्छ । राफेल मार्केज, पाभेल पार्दो, ओसवाल्दो सान्चेज लगायतका महान खेलाडी बिएल्साकै खाजी हुन् ।

नतिजा सधै बिएल्साका पक्षमा रहेन । उनले अर्जेन्टिनाको भेलेज सारफिल्डमा रहँदा त्यहाँको लिग जिते । तर मार्से, लाजियो र लिलमा भने उनको अन्त्य सुखद रहेन । बिएल्साले सन् १९९८ देखि २००४ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोली पनि सम्हाले । तर उपलब्धी सोचे जस्तो भएन । उनको नेतृत्वमा अर्जेन्टिनाले २००४ को ओलम्पिकमा पुरुषतर्फको स्वर्ण पदक हात पार्‍यो भने सोही वर्ष कोपा अमेरिकामा दोस्रो भयो । तर २००२ को विश्वकप भने बिर्सनलायकै रह्यो । बिएल्सा रहुनजेल अर्जेन्टिनाले रोमाञ्चक फूटबल खेल्यो तर महत्वपूर्ण उपाधि भने जित्न सकेन ।

ईङल्यान्डमा मानिसहरूले बिएल्सालाई स्पेनिस टोली एथलेटिको बिलबाओको पूर्व प्रशिक्षकका रुपमा याद गर्छन् । एन्डर हरेरा र हाभी मार्टिनेजको उत्कृष्ट मिडफिल्ड प्रर्दशनबाट प्रेरित बिलबाओले यूरोपा लिगमा म्यानचेस्टर यूनाईटेडलाई हराएको क्षण उनीहरूमा अझै ताजा नै छ । बिलबाओमा पनि बिएल्साको बसाई लामो रहेन । तर जब बिएल्साको शैली अनुरुप खेलाडीले खेले दर्शक सुन्दर फटबल खेलको साक्षी बने ।

पोचेटिनो आफ्ना गुरुले लिड्सको मुहार परिबर्तन गर्न सकुन भन्ने कामना गर्छन् । लिड्सका समर्थकले आफ्नो टोली प्रिमियर लिगमा फर्केका हेर्न १६ वर्ष पर्खिनु पर्‍यो । अब लिड्सको भविष्य कस्तो होला ? के लिड्स यस सिजन प्रिमियर लिगमा रेलिगेशनबाट जोगिएला ? अनि आउँदा सिजनहरूमा पनि उ त्यही रहला ? यी सबै प्रश्नको उतर सिजनको अन्त्यसम्म भेटिएला । तर अहिले गर्न सकिने सजिलो अनुमान के हो भने बिएल्साले लिड्सलाई ''टीम टु वाच' भन्न मिल्ने बनाएका छन् र खासगरी ठूला टीमहरूसगँको भिडन्त स्वादिलो हुनेछ । 
(गोल डटकमको दि आर्किटेक्टबाट अनुवाद गरिएको)         


Author

थप समाचार
x