हारका बाबजुत समूह विजेता बन्दै नकआउटमा सिटी
काठमाडौँ- अन्तिम खेलमा आरबी लाइप्जिङसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।
मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिङसँग उसकै मैदानमा २-१ अन्तरले हार बेहोरेको हो । लाइप्जिङको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे । यसअघि खेलको ८२ मिनेटमा केल वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो ।
समूह 'ए'कै अर्को खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रुगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पराजित बाबजुत सिटी ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।
७ अंक बनाएको आरबी लाइप्जिङ र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया