फुटबल

नयाँ भूमिकामा नायक बन्‍ने प्रयत्‍नमा पिटर चेक

इकागज |
पुस १३, २०७७ सोमबार ७:२६ बजे

काठमाडौँ : पिटर चेक खासै टेलिभिजन हेर्दैनन् । उनका लागि सोफामा बसेर टेलिभिजन हेर्नु समय बर्बाद गर्नु हो । टिभीकालागि समय नभए पनि उनी श्रीमतीसँग नेटफ्लिक्समा ‘दि क्राउन’ नाम गरेको ‘मेलोड्रामा’ हेरिरहेका छन् । बाँकी समय त उनी आफ्नो काममै व्यस्त हुन्छन् ।

बेलायती महारानी एलिजाबेद दोस्रो र बेलायती इतिहासका बारेमा बनाइएको यो सिरिज हेरिरहँदा चेक बेलाबेलामा गुगल पनि गर्छन् । ‘धेरै पात्रका बारेमा थाहा नहुँदा गुगल नै गर्नुपर्छ । मलाई त्यसै पनि बेलायती इतिहासका बारेमा धेरै थाहा छैन,’ चेक भन्छन् । त्यसो त चेक धेरै व्यस्त छन् । चेल्सीसँगको जागिर बाहेक उनी विद्यार्थीको भूमिकामा पनि छन् । उनी एमबीए गर्दैछन् । अनि उनलाई ड्रम बजाउने सोख पनि त पुरा गर्नुछ । उनी ड्रम कस्तो बजाउँछन् ? त्यसका लागि, च्यारिटीका लागि गत वर्ष रिलिज गरिएको उनको गीत सुन्‍नुपर्ने हुन्छ ।


३८ वर्षीय विद्यार्थी चेक पाँच भाषामा लेखपढ गर्न सक्छन् । आफ्नो मातृभाषा चेक बाहेक, पूर्व चेल्सी गोलरक्षक अंग्रेजी, जर्मन, स्पेनिस र फ्रेन्च भाषामा दख्खल राख्छन् । चेकलाई यी भाषा बाहेक, इटालियन र पोर्चुगिजमा पनि लेखपढ गर्न जान्‍ने हुनु छ । लेखपढ बाहेक उनको व्यवसायिक जिम्मेवारी पनि त छ । त्यो पनि एक होइन, दुई ।

सक्रिय खेल जीवनबाट चेकले सन् २०१९ मा विदा लिए । फ्रेन्च क्लब रेन्समा रहँदा नाम बनाएका चेकले लामो समय चेल्सीमा बिताए । करियरको अन्त्य भने चेकले चेल्सीको सहरी प्रतिद्वन्द्वी आर्सनलबाट गरे । खेल जीवन अन्त्य गरेपछिका केही महिना चेकले जिममा बिताए । सक्रिय खेलाडी रहेका बेला बोकेका चोटहरूबाट शरिरलाई पुर्नजागृत गराउनु थियो । त्यसबीचमा, आफ्नो समयका कहलिएका खेलाडी रहेका चेकलाई जागिरको प्रस्ताब आउन थाल्यो । त्यसमा उनले रोजे, पूर्व क्लब चेल्सी । जहाँ उनले प्राविधिक निर्देशकको जिम्मेवारी सम्हाल्नु थियो ।

चेल्सी फर्किएर नयाँ भूमिका निभाउन थालेको एक वर्ष नबित्दै कोभिड–१९ (कोरोना भाइरस) को रन्कोले इंगल्यान्डलाई छोयो । फुटबल ठप्प हुँदा उनी अत्तालिए । ‘जसोतसो सिजनका बाँकी रहेका खेल त सकिए । तर कति खेलाडी संक्रमणमा परे अनुमान नै गर्न नसकिने अवस्था बन्यो । सामान्यतया कोही खेलाडी घाइते हुँदा उसको ठाउँमा कमसेकम एकेडेमीकै युवालाई मौका दिन सकिन्थ्यो । कोरोना महामारीमा संक्रमणमा पर्ने खेलाडीहरूलाई कसरी प्रतिस्थापन गर्ने ? अचम्मको अवस्थाको सिर्जना भयो,’ चेकले भने । कतिसम्म भने चेल्सीमा गोलरक्षकको अभाव हुँदा चेकले नै खेल्नु पर्ने अवस्था आउने भयो । अन्ततः चेकलाई चेल्सीले यस सिजनको च्याम्पियन्स लिग खेल्ने टिममा राखियो ।

इंगल्यान्डदेखि जर्मनीसम्मै क्लबहरूमा प्राविधिक निर्देशक राखिन्छ । तर इंगल्यान्डमा चेक जस्ता पूर्व खेलाडीलाई प्राविधिक निर्देशक बनाउने चलन चाहिँ नयाँ हो । जर्मन, डच लगायतका लिगमा भने पूर्व खेलाडीलाई नै यो जिम्मेवारी दिइन्‍छ । 

तर चेल्सीमा चेकको प्राथमिक जिम्मेवारी भनेको प्राविधिक निर्देशक नै हो । प्राविधिक निर्देशकको पद युरोपियन फुटबलमा नयाँ होइन । इंगल्यान्डदेखि जर्मनीसम्मै क्लबहरूमा प्राविधिक निर्देशक राखिन्छ । तर इंगल्यान्डमा चेक जस्ता पूर्व खेलाडीलाई प्राविधिक निर्देशक बनाउने चलन चाहि नयाँ हो । जर्मन, डच लगायतका लिगमा भने पूर्व खेलाडीलाई नै यो जिम्मेवारी दिइन्छ । प्रिमियर लिगमा चेक बाहेक अर्का पूर्व खेलाडी पनि यस्तै जिम्मेवारीमा छन् । ती हुन्, इडु गास्पर जसलाई आर्सनलले प्राविधिक निर्देशक बनाएको छ ।

चेक, आफ्नो जिम्मेवारीमा रमाइरहेका छन् । किनभने यो सक्रिय खेलाडीको भूमिका भन्दा फरक छ । त्यसो त चेकले सन्यास पछि के गर्ने भन्‍ने बारेका नसोचेका होइनन् । झन् सन् २००६ मा त उनले सोच्नैपर्ने बाध्यता थियो । त्यसबखत टाउकोको चोट बोकेका चेकले तत्काले खेल जीवन सकिएको अनुमान गरे । तर त्यसपछिका १३ वर्ष उनी गोलरक्षकको भूमिकामा मैदानमा रहे । चेकले, प्रशिक्षक बन्न चाहाने अन्य खेलाडी जस्तै, करियरको उर्ताद्धमा आइपुग्दा प्रशिक्षण कोर्स सुरु गरे । कालान्तरमा उनको विचार परिवर्तन भयो । अनि फरक योजनामा लागे । नयाँ योजनामा लाग्‍नु अघि उनले आफैलाई प्रश्न गरे, प्रशिक्षक र खेलाडीको जीवनमा के फरक छ र ? निचोड आयो, खासै फरक छैन । त्यसपछि उनले प्रशिक्षक होइन, फुटबलमै अर्को भूमिका अगाल्ने निर्णय गरे ।

आधुनिक फुटबल प्राविधिक निर्देशकको भूमिका महत्वपूर्ण रहन्छ । चेक आफै पनि यो भूमिकामा रहेर फुटबललाई फरक कोणबाट हेर्न मद्धत पुग्ने मान्छन् । फुटबल खेल मात्र होइन, उद्योग पनि हो । एउटा भूमिकामा रहँदा, अर्को भुमिकाका लागि योग्य हुइन्छ भन्‍ने होइन । त्यसकारण, खेलाडी चेक फुटबल उद्योगमा नयाँ छन् । त्यसो त, चेक फुटबल उद्योगका बारेमा पुरै अनविज्ञ भने होइनन् । उनले १७ वर्षको उमेरका व्यवसायिक खेलाडीका रुपमा करियर सुरु गर्दा छनौट गरेको फुटबल एजेन्ट अहिले पनि उनको साथमै छन् । उनी आफ्नो एजेन्टसँग नजिक छन् । त्यसैले पनि फुटबल उद्योग कसरी चल्छ भन्‍ने कुरामा उनी धेरथोर जानकार छन् । चेक आफ्नो नयाँ जिम्मेवारीका लागि तयार छन् । त्यसको संकेत उनले काई हार्बट्सलाई अनुबन्धन गरेर दिइसके ।

फुटबल खेल मात्र होइन, उद्योग पनि हो । एउटा भूमिकामा रहँदा, अर्को भुमिकाका लागि योग्य भइन्‍छ भन्‍ने होइन । त्यसकारण, खेलाडी चेक फुटबल उद्योगमा नयाँ छन् । त्यसो त, चेक फुटबल उद्योगका बारेमा पुरै अनविज्ञ भने होइनन् ।

चेल्सीले यस सिजनका लागि बलियो टिम बनाउने भन्दै स्थापित खेलाडीहरूलाई क्लबमा ल्याउने रणनीति लियो । चेक आफै हार्बट्सलाई भेट्न जर्मनी पुगे । हार्बट्सलाई चेल्सीले कसरी प्रयोग गर्नेवाला छ भनेर चेकले जर्मन मिडफिल्डरको परिवारलाई योजना बुझाए । जर्मनीमै सम्पन्न बार्यन म्युनिख र चेल्सीबीचको च्याम्पियन्स लिग फाइनल हेर्न पुगेका हार्बट्स त्यस खेलका नायकलाई आफ्नो घरमा पाउँदा दङ्ग भए । आरबी लाइपजिगका फरर्वाड टिमो बारनरलाई चेल्सी ल्याउन पनि चेकले बलियो भूमिका खेले । लिभरपुलले पनि बारनरमाथि आँखा लगाइरहेको अवस्थामा चेल्सी कसरी बाजि मार्ने भन्‍ने योजना बनाउन तिर लाग्यो । योजनाको नायक बने, चेक । जसले आफ्नो जर्मन भाषा बोल्नसक्ने क्षमताको उपयोग गर्दै बारनारलाई सिधा फोन गरे । र, २४ वर्षीय फरर्वाडको चेल्सी आगमनको सुनश्चितता गरे ।

अन्त्यमा, 

प्राविधिक निर्देशकको भूमिका क्लब र लिग अनुसार फरक फरक हुनसक्छ । चेक चेल्सीमा लाम्पार्ड नेतृत्वको सिनयिर टिम, एकेडेमी र नयाँ खेलाडी खरिद गर्ने जिम्मवारी भएको ‘रिकु्रटमेन्ट विभाग’ बीचमा रहेर काम गर्छन् । चेल्सीको सम्पूर्ण वित्तिय पक्ष मरिना ग्रानोभस्काइले हेर्छिन् । चेल्सीमा चेकको भूमिका यी चार पक्षको कुरा सुन्‍ने र आवश्यक कदम चाल्ने हो । अर्को वाक्यमा, चेकले चार फरक तारिकाले सोच्नुपर्छ । चेक आफ्नो नयाँ भूमिकामा कती सफल हुन्छन् भन्‍ने कुरा उनले चेल्सीका यी चार पक्षको मागलाई कसरी सम्बोधन गर्छन् भन्‍नेमा निर्भर रहनेछ । (न्यूयोर्क टाइम्सबाट)        


Author

थप समाचार
x