सहिद स्मारक लिग पोखरामा !
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुनुअघि मनाङ मस्र्याङ्दी क्लबले पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाउने निर्णय गर्यो । मनाङ पोखरा बसाइ सरेको केही समयपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति घोषणा भयो । लिगका सुरुवाती चरणका खेलहरू सुरू भएसँगै पोखरा रंगशालालाई पनि प्रयोग गरिने वा नगरिने भन्नेबारे अन्योल छायो ।
यही अन्योलबीच पोखरा रंगशालामा लिगका तीन चरणका खेलहरू आयोजना हुने सम्भावना बढेको छ । लिगका पाँचौँ, छैटो र आठौँ चरणका खेलहरू पोखरामा गर्नका लागि मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्याइज क्लब र च्यासल युथ क्लबसँग कुराकानी गरिरहेको छ ।
हुन त अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका सबै क्लब सहमत भएमा कमसेकम दुई चरणका खेल पोखरामा गर्न सकिने बताएको थियो । एन्फाले चौथो चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो चरणका खेलहरू सकिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया