लिगमा मनाङलाई पछ्याउँदै आर्मी
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको छ । आर्मीलाई लिगको दोस्रो जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक–एक गोल गरे । यो जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । अपराजित रहेको आर्मीले चार खेलबाट आठ अंक बटुलेको छ । शीर्ष स्थानको मनाङ मस्र्याङ्दीको खातामा १० अंक छ ।
स्ट्राइकर जर्जले १९ औँ मिनेटमा हेडर गोल गरेपछि आर्मी खेलमा अघि बढेको थियो । दोस्रो गोल जगजितले ३६ औँ मिनेटमा गरे । अस्टे«लियामा बसोबास गर्ने जगजित भर्खरै नेपाल फर्किएका हुन् । लिग सुरु हुनै लाग्दा आर्मीसँग अनुबन्धित भएका जगजितका लागि यो पहिलो गोल हो ।
लिगमा हाल चौथो चरणका खेलहरु भइरहेका छन् । सातौँ चरण सकिँदा पहिलो स्थानमा रहने टिम एएफसी कपको छनौट खेल्नका लागि छानिने हुँदा बलिया मानिएका टिमहरूबीच प्रतिपस्र्धा चर्किएको छ । उसो त हाल लिग खेलिरहेका १४ टिममध्ये चार टिमसँग मात्रै एएफसी लाइसेन्स छ । ती चार टिममध्ये तीन टिम शीर्ष चारमा छन् । शीर्ष चार स्थान ओगटेका क्लबहरूमध्ये सातदोबाटो युथ क्लबसँग मात्रै एएफसी लाइसेन्स छैन ।
यसकारण सातदोबाटो एएफसी कपको छनौट खेल्नका लागि भइरहेको प्रतिस्पर्धामा छैन । लाइसेन्स पाएको चौथो टिम एपीएफ फुटबल क्लब अंक तालिकाको पुच्छारमा रहेकाले उसको एएफसी कप छनौट सहभागिता यसै पनि सम्भव हुने देखिएको छैन ।
यस्तोमा प्रतिस्पर्धा मूलतः मनाङ, आर्मी र मछिन्द्रबीच हुने देखिएको छ । तेस्रो स्थानमा रहेको मछिन्द्रले चौथो चरणको खेलमा शनिबार हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । यो खेलमा जित हासिल गर्दै एएफसी कप छनौटमा खेल्ने प्रतिस्पर्धामा आफूलाई सामेल गरिरहने दौडमा मछिन्द्र हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया