एम्बाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीको जित
काठमाडौँ- युवा फरवार्ड केलियन एम्बाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन .(पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।
आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एम्बाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।
खेलको १२औं मिनेटमा एम्बाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एम्बाप्पेले दोहोरो अग्रता दिलाए ।
जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया