फुटबल

यूसीएल ड्र

च्याम्पियन्स लिगमा रोनाल्डोविरुद्ध मेस्सी, च्याम्पियन चेल्सीलाई लिलको चुनौती

इकागज |
मंसिर २७, २०७८ सोमबार १८:४ बजे

काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) आमनेसामने हुने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो लेग पीएसजीको मैदानमा हुनेछ । यी दुई टिम च्याम्पियन्स लिगको चार सिजनमा तेस्रो पटक भिड्न लागेका हुन् । युनाइटेड र पीएसजी भिड्दा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले प्रतिद्वन्द्वीता पुनः एक पटक नवीकरण गर्नेछन् । यी दुवै खेलाडीले यसै सिजन मात्रै क्लब परिवर्तन गरेका हुन् । 

२०१८/१९ सिजनको नकआउटमा युनाइटेड र पीएसजीको भेट भएको थियो । ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा युनाइटेड २–० ले पराजित भएको थियो । तर ओले गनर सोल्स्यारको नेतृत्वमा रहेको युनाइटेडले दोस्रो लेगमा ३–१ को जित दर्ता गर्दै अवे गोलका कारण क्वार्टरफाइनलमा स्थान बनायो ।


गत सिजन भने युनाइटेड र पीएसजी एकै समूहमा थिए । संयोगवश यी दुई टिमले एक अर्काको मैदानमा जित हासिल गरे । युनाइटेडले पीएसजीलाई उसको घरमा २–१ ले हरायो भने पीएसजी ओल्ड ट्राफोर्डमा ३–१ ले विजयी बन्यो । 

अन्तिम १६ कै अन्य खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिखको भेट हुनेछ भने च्याम्पियन चेल्सीले फ्रेन्च लिग विजेता लिलको चुनौती सामना गर्नेछ । यसैगरी म्यानचेस्टर सिटीको प्रतिस्पर्धा गत सिजनको युरोपा लिग विजेता भिल्लारियलसँग हुनेछ । उता लिभरपुल भने अस्ट्रियाको रेडबुल साल्जबर्गसँग खेल्नेछ । साल्जबर्ग पहिलो पटक च्याम्पियन्स लिगको नकआउटमा पुगेको हो । 

सर्वाधिक पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडको विपक्षी भने पोर्चुगलको बेनफिका रहेको छ । अनि पोर्चुगलकै अर्को टिम स्पोर्टिङ लिस्बनको भेट युभेन्टससँग हुनेछ । गत सिजन इटालियन लिग जितेको इन्टर मिलान भने आयाक्सविरुद्ध भिड्नेछ । 
 


Author

थप समाचार
x