युरोपा नकआउट प्लेअफः बार्सिलोनाको भेट नेपोलीसँग, डर्टमन्डको विपक्षी रेन्जर्स
काठमाडौँ- यसपालिको युरोपा लिगको ढाँचामा केही परिवर्तन गरिएको छ । सधाझैँ यसपटक युरोपा लिगमा अन्तिम ३२ का खेलहरू खेलाइने छैनन् । समूह चरणमा समूह विजेता बनेका आठ टिम सिधै अन्तिम १६ मा पुगेका छन् । अन्तिम १६ मा बाँकी रहने आठ स्थानका लागि भने च्याम्पियन्स लिग समूह चरणमा तेस्रो बनेका टिम र युरोपाको समूह चरणमा दोस्रो बनेका टिमबीच प्रतिस्र्धा हुन लागेको छ ।
युरोपाको अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धामा रहेका टिमहरूका लागि खेल तालिका सार्वजनिक भएको छ । सोमबार निकालिएको प्लेअफ ‘ड्र’अनुसार बार्सिलोना इटालीको नेपोलीसँग भिड्नेछ । २१ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोना र इटालियन सिरी उपाधि होडमा रहेका नेपोलीबीचको खेललाई प्लेअफहरूमध्येकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
युरोपाको प्रिक्वार्टरफाइनलमा पुग्न प्रतिस्पर्धामा रहेको अर्को बलियो टिम बोरुसिया डर्टमन्डको भेट स्कटल्यान्डको रेन्जर्ससाग हुनेछ । उता इटालीकै एटलान्टा भने ग्रिसको ओलिम्पयाकोससँग भिड्नेछ ।
प्लेअफको अन्य खेलमा स्पेनको सेभिया र डिनामो जाग्रेब आमनेसामने हुनेछन् भने रियल बेटिसको विपक्षी रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्ग रहेको छ । उता एफसी पोर्टोको भेट लाजियोसँग हुनेछ । अनि जर्मनीको आरबी लाइपजिग र स्पेनको रियल सोसिडाड पनि अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् भने च्याम्पियन्स लिगमा केही अचम्मलाग्दा नतिजा निकालेको एएफसी सेरिफको अबको विपक्षी ब्रागा हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया