कोभिडका कारण म्यानचेस्टर युनाइटेडको खेल सर्याे
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा मंगलबार राति हुने भनिएको ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडबीचको खेलको मिति सरेको छ । युनाइटेडका केही खेलाडी तथा अफिसियलमा कोभिड–१९ संक्रमण देखिएको भन्दै ब्रेन्टफोर्डको मैदानमा हुन लागेको खेल हालका लागि नहुने भएको हो ।
युनाइटेडले सोमबार आफ्ना टिमका सदस्यमा कोभिड संक्रमण देखिएको बताएको थियो । यही कारण युनाइटेडले ब्रेन्टफोर्डसँगको खेल अर्को मितिका लागि सार्न अनुरोध गरेको थियो । कोभिडका कारण यस साता सरेको यो दोस्रो खेल हो । यसअघि ब्राइटन र टोटनहमबीचको खेल पनि सरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया