एन्फा कार्यसमितिको बैठक बोलाउन वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित सातको माग
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहित सात जनाले एन्फा कार्यकारी समितिको बैठक बोलाउन माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लामो समयदेखि कार्यकारी समितिको बैठक नबोलाएको भन्दै नेम्वाङसहित उपाध्यक्षद्वय कुष्ण बहादुर थापा, वीर बहादुर खड्का र अन्य चार सदस्यले विज्ञप्ती जारी गर्दै कार्यकारी समितिको बैठकको माग गरेका हुन् ।
आगामी बैशाख, २०७९ मा एन्फाको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकाले त्यसअघि पूरा गर्नुपर्ने जिल्ला तथा प्रदेशको साधारण सभा गर्न आवश्यक तयरी गर्नका लागि कार्य समितिको बैठक बोलाउनु पर्ने माग राखिएको छ । एन्फा सञ्चालनमा आवश्यक विधि तथा प्रक्रिया पालन नगरिएको पनि नेम्वाङलगायतले आरोप लगाएका छन् ।
‘जिल्ला लिग, प्रदेश लिग, राष्ट्रिय लिग संचालनबारे छलफल गर्न आवश्यक देखिएको छ । अन्य विषयमा पनि छलफल गर्नुपर्ने भएकाले अध्यक्षलाई पटक पटक अनुरोध गरियो । तर उहाँले वेवस्ता गर्नु भएकाले विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमितिको बैठक आयोजना माग गर्छौ,’ विज्ञप्तीमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया