पहिलो जितपछि एपीएफ रेलिगेसन क्षेत्रबाहिर
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार–चार खेल खेल्दा हिमालयन शेर्पा क्लब र एपीएफ क्लब रेलिगेसन क्षेत्रमा थिए । कुल १४ टिम सहभागी लिगमा एपीएफ १४ औँ स्थानमा थियो भने हिमालयन १३ औँ स्थानमा । यी दुई टिमको खातामा क्रमशः दुई र एक अंक थियो ।
आइतबारको खेलपछि भने हिमालयन शेर्पा रेलिगेसन क्षेत्रबाट निस्कयो । ब्रिगेड ब्योइज क्लबलाई ३–१ लाई हराएपछि हिमालयन शेर्पा आठौँ स्थानमा पुग्यो । हिमालयन शेर्पापछि एपीएफले पनि रेलिेगसन क्षेत्र छाडेको छ । सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै एपीएफ ११ औँ स्थानमा उक्लेको हो ।
एपीएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले अर्को गोल थपे । फ्रेन्ड्सबाट प्रेजेन तामाङले सान्त्वना गोल फर्काए । यो जितपछि एपीएफको पाँच खेलबाट चार अंक भएको छ । पराजित फ्रेन्ड्स भने १४ औँ स्थानमा झरेको छ । उसको खातामा दुई अंक छ ।
एपीएफसँगै १२ औँ स्थानको जावलाखेल युथ क्लब र १३ औँ स्थानको च्यासल युथ क्लबको समान चार–चार अंक छ । तर गोल भिन्नतामा एपीएफ बाँकी दुई टिमभन्दा माथि रहेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया