फुटबल

राष्ट्रिय फुटबल टिमले पोखरामा मैत्रीपूर्ण खेल खेल्ने

इकागज |
पुस ७, २०७८ बुधबार १६:२४ बजे

काठमाडौँ- फिफाको क्यालेन्डर अनुसार आउँदो जनवरी २४ देखि फेब्रुअरी २ सम्म अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । यस ब्रेक दौरान युरोपियन लिग लगायतका ठूला लिगले विश्राम लिनेछन् । एसियाली क्लब फुटबलमा पनि ब्रेकले खेलाडीहरूलाई एक साताको विश्राम दिनेछ । सबै खेलाडीले भने विश्राम पाउने छैनन् । किनभने यहीबेला राष्ट्रिय टिमहरूले मैत्रीपूर्ण खेल खेल्छन् । 

अन्तर्राष्ट्रिय ब्रेक दौरान नेपाली राष्ट्रिय टिमले पनि मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल फुटबल संघ (एन्फा)ले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा यसको जानकारी दिइएको हो । नेपालले खेल्न लागेको विपक्षी र खेल मितिबारे विस्तृत जानकारी उपलब्ध नगराइए पनि एन्फाले आउँदो फिफा ब्रेक दौरान मैत्रीपूर्ण खेल खेलाउने बताएको हो । 


‘आउँदो फिफा ब्रेक दौरान राष्ट्रिय टिमले मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । लिगका कारण दशरथ रंगशाला मैत्रीपूर्ण खेलका लागि तयारी हालतमा रहन सक्दैन । यसकारण यो खेल पोखरा रंगशालामा खेलाउने तयारी छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने । 
   
 


Author

थप समाचार
x