‘ए’ डिभिजन लिग:
संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै
फाइल फाेटाे
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन् । आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्काे साँझ पौने ५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा छ ।
बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ ।
छैटौै चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ । यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ ।
दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ ।
आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया