फुटबल

प्रिमियर लिगमा कोभिडका कारण स्थगित हुने खेलको संख्या १५ पुग्यो

इकागज |
पुस १२, २०७८ सोमबार १२:३६ बजे

काठमाडौँ- कोभिड–१९ का कारण इंग्लिस प्रिमियर लिगका खेलहरू स्थगित हुने क्रम बढेको छ । ‘बक्सिङ डे’का दिन मात्रै पनि तीन खेल रोकिए । नयाँ खबर अनुसार आर्सनल र उल्भरह्याम्पटनबीचको खेल स्थगित भएको छ । मंगलबार साँझ हुने भनिएको यो खेल उल्भरहयाम्पटनको अनुरोधमा गरिएको हो । 

फ्रेन्च समाचार एजेन्सी एएफपीका अनुसार कोभिडका कारण यो सिजन १५ लिग खेल स्थगित गरिएको छ । ‘कोभिड संक्रमणका कारण उल्भरह्याम्पटनका लागि कयौँ खेलाडी अनुपस्थित छन् । उसका केही खेलाडी चोटग्रस्त पनि छन् । यसकारण आर्सनलसँगको खेलका लागि उल्भरह्याम्पटनसँग १४ खेलाडी मात्रैब बाँकी रहे । खेलाडीको संख्या कम भएपछि उल्भरह्याम्पटनले आर्सनलविरुद्धको खेल स्थगित गर्न अनुराधे गरेको हो,’ प्रिमियर लिगले भनेको छ । 


‘बक्सिङ डे’का दिन हुने तालिका रहेको उल्भरह्याम्पटन र वाटफोर्डबीचको खेल पनि रोकिएको थियो । ‘बक्सिङ डे’का दिन खेल्न नपाएका टिमहरूको खेल मंगलबार रातिका लागि राखिएको छ । तर फेरि पनि लिड्स युनाइटेड र एस्टन भिल्लाबीचको खेल स्थगित भएको छ । ‘बक्सिङ डे’का दिन प्रिमियर लिग मात्रै होइन अन्य इंग्लिस लिगका खेलहरू पनि स्थगित भएका छन् । सबै श्रेणीका गरी २२ खेल स्थगित भए । 


Author

थप समाचार
x