फुटबल

लिभरपुललाई लेस्टरले हरायो

इकागज |
पुस १४, २०७८ बुधबार ७:५२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहोरेको हो ।

खेलको ५९ मिनेटमा एडेमोला लूकमेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।


बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । 

पराजित  लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ । 

 अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा   साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले ।


Author

थप समाचार
x