चेल्सीमा मलाई उपयुक्त हुने रणनीति बनाइँदैनः लुकाकु
काठमाडौँ: रोमेलु लुकाकुले इंग्लिस प्रिमियर लिगमा यो सिजन पाँच गोल गरेका छन् । उनले पछिल्ला दुई खेलमा सरासर दुई गोल गरेका छन् । कोभिड–१९ संक्रमणमा परेर दुई खेल गुमाएर मैदान फर्किएपछि उनले एस्टन भिल्ला र ब्राइटनविरुद्ध गोल गरे । तर त्यसअघिका चार खेलमा भने उनले गोल गर्न सकेका थिएनन् ।
अक्टोबर र नोभेम्बरमा चोटका कारण चार खेलमा अनुपस्थित लुकाकुले त्यसभन्दा अघिका चार खेलमा न गोल गरे न त असिस्ट दिए । सिजनको सुरुवाती तीन खेलमा भने उनले तीन गोल गरेका थिए । चेल्सी फर्किएको पहिलो सिजनमा यसरी उतारचडाव भोगिरहेका लुकाकुले समर्थकलाई प्रशन्न बनाउन गरी खेल्न सकेका छैनन् ।
हुन त लुकाकु आफैँ पनि निराश छन् । निराशाको मुख्य कारण थोमस टुकेलले प्रयोग गर्ने खेल रणनीति हो । चेल्सी प्रशिक्षक टुकेलले आफूलाई उपयुक्त हुने रणनीति नबनाइरहेको लुकाकुको गुनासो छ । ‘म पूर्ण रुपमा फिट छु । इटालीमा रहँदा मैले फिटनेसमा धेरै मेहेनत गरे । यसकारण म चेल्सीका लागि शतप्रतिशत दिन तयार छु । तर प्रशिक्षकले मलाई उपयुक्त हुने रणनीति बनाएका छैनन् । फरक शैलीमा खेल्नु परिरहेको छ । यसले मलाई अफठ्यारो भइरहेको छ,’ लुकाकुले भनेका छन् ।
लुकाकु यही सिजन चेल्सी पुगेका हुन् । यसअघि इन्टर मिलानबाट खेलेका उनले त्यहाँ लिग पनि जिते । उनले सान सिरो छाड्दा इन्टरका समर्थक आक्रोशित बनेका थिए । यसबारे लुकाकु जानकार छन् । ‘मैले इन्टर छाड्ने निर्णय गर्दा समर्थक रिसाए । सायद हामीबीच राम्रोसँग कम्युनिकेसन हुन पाएन । यसका लागि म क्षमाप्रार्थी छु । म भविष्यमा म इन्टर फर्कन तयार छु । किनभने मलाई इटाली, इन्टर र त्यहाँका समर्थक मन पर्छ,’ लुकाकुले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया