लिभरपुलविरुद्ध चेल्सीले लुकाकुलाई नखेलाउने
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । स्टाम्फोर्ड ब्रिजमा हुने खेलमा जित हासिल गर्दै लिग लिडर म्यानचेस्टर सिटीसँगको दूरी घटाउने ध्येयमा छन्, दुवै टिम । हाल चेल्सी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ । यी दुई टिमबीचको अंक दूरी भने एक अंकको मात्रै छ ।
लिभरपुलको भन्दा एक खेल बढी खेलेको चेल्सीले आइतबारको खेल जितेमा सिटीसँगको दूरी त घटाउनेछ नै, दोस्रो स्थानमाथिको पकड पनि बलियो बनाउनेछ । तर यस्तो महत्वपूर्ण खेलका लागि चेल्सीको टिममा रोमेलु लुकाकु हुने छैनन् ।
इटालीको एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका कारण विवादमा तानिएका लुकाकुलाई लिभरपुलसँगको खेलमा नखेलाइने दाबी बेलायती सञ्चार माध्यमहरूले गरेका छन् । सो अन्तरवार्तामा लुकाकुले प्रशिक्षक थोमस टुकेलले आफ्ना लागि उपयुक्त नबनाउने अभिव्यक्ति दिएका थिए । लुकाकुको यस्तो अभिव्यक्तिलाई चेल्सीमा मन पराइएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया