राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी
काठमाडौँ- आउँदो अप्रिलमा हुन लागेको एएफसी फुटसल एसियन कप छनौटका लागि नेपालले तयारी सुरु गर्ने भएको छ । तयारी स्वरुप सुरु हुन लागेको बन्द प्रशिक्षणका लागि ३२ खेलाडी बोलाइएको छ । बन्द प्रशिक्षण जनवरी ७ बाट आउँदो शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
नेपाली राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले ए डिभिजन राष्ट्रिय फुटसल लिगमा खेलेका खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएका छन् । ए डिभिजन फुटबसल लिग गत असोजमा पोखरामा आयोजना भएको थियो ।
बन्द प्रशिक्षणका लागि बोलाइएको खेलाडीः
गोलरक्षकः अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, संजिव तामाङ र सुमित कुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ र सरोज तामाङ
पिभोटः अविनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के र शुसन श्रेष्ठ
अलाः आदिल हामिद, अमित लामा, जेनिश प्रजापती, किरण चौधरी, क्रिजल खड्का, मणी कुमार लामा, मनोज गुरुङ, रंजित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सरज गुरुङ र उर्केन शेर्पा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया