इंग्लिस प्रिमियर लिग फर्कन चाहन्छन् कौउटिन्हो
काठमाडौँ- कुनैबेला फिलिप्पे कौटिन्हो इंग्लिस क्लब लिभरपुलका मुख्य प्लेमेकर थिए । त्यसपछि उनी बार्सिलोना लागे । जनवरी, २०१८ मा बार्सिलोना पुगेका कौउटिन्होले त्यहाँ दुई पटक स्पेनिस ला लिगा जिते । दुई पटक स्पेनिस च्याम्पियन बनेपनि उनी बार्सिलोनामा स्थापित भने हुन सकेनन् ।
बार्सिलोनामा आवश्कयता महशुस नगरिएपछि कौउटिन्होलाई बायर्न म्युनिख पठाइयो । त्यहाँ पनि उनले लिग जिते । अनि च्याम्पियन्स लिगको पदक पनि पाए । यति हुँदाहुँदै पनि उनको बायर्न बसाइ लम्बिएन । त्यसपछि उनी बार्सिलोना फर्किए । बार्सिलोनामा दुई पटक प्रशिक्षक परिवर्तन भए । तर उनको अवस्था फेरिएन ।
यसकारण कौउटिन्हो बार्सिलोना छाड्न चाहन्छन् । फेरि उनको बार्सिलोनासँगको सम्झौता सकिन अब डेढ वर्षमात्रै बाँकी छ । यस्तोमा बार्सिलोना उनलाई यही जनवरीमा बेच्न चाहन्छ । पछिल्ला खबरहरूका अनुसार कौउटिन्हो इंग्लिस प्रिमियर लिग फर्कन चाहन्छन् । तर उनका लागि कुनै क्लबले प्रस्ताव राखिहालेको छैन ।
यद्यपि उनलाई खरिद गर्न केही क्लबले इच्छा व्यक्त गरेको दाबी गरिएको छ । गोल डटकमका अनुसार लिभरपुल, एभरटन र एस्टन भिल्लाले कौउटिन्होलाई अनुबन्धन गर्न अनौपचारिक प्रस्ताव राखेका छन् । कौउटिन्होको सामू ब्राजिल फर्कने विकल्प पनि छ । तर २९ वर्षीय मिडफिल्डर तत्कालै ब्राजिल फर्कन चाहँदैनन् । यसकारण प्रिमियर लिग नै उनका लागि उत्तम विकल्प मानिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया