ब्राजिलमा जन्मिएर इटालीका लागि खेल्ने खेलाडीको सूचीमा जोआओ पेड्रो थपिने
काठमाडौँ- जोर्गिन्हो इटालियन राष्ट्रिय फुटबल टिमका मुख्य मिडफिल्डर हुन् । ब्राजिलमा जन्मेका जोर्गिन्हो १६ वर्षको उमेरमा इटाली पुगेका थिए । इटालीमा लिग खेल्दा खेल्दै उनले त्यहाँको नागरिकता लिएका थिए । त्यसपछि उनी लगातार इटालीको टिमबाट खेल्दै आएका छन् ।
जोर्गिन्होबाहेक अर्का ब्राजिलियन खेलाडी पनि इटालीको राष्ट्रिय टिमबाट खेलिरहेका छन् । ती हुन् एमरसन पाल्मेरी । ब्राजिलको अन्डर–१७ टिमबाट खेलेका पाल्मेरीले सिनियर लेभलमा पुगेपछि भने इटाली रोजे । इटालीले युरो २०२० जित्दा उनी रोबर्टो मान्सिनीको टिमका सदस्य थिए ।
ब्राजिलमै जन्मिएका राफाएल टोलोले पनि इटालीबाट आठ खेल खेलिसकेका छन् । हाल एटालान्टाबाट सिरी ए खेलिरहेको टोलोले खेल करियर ब्राजिलकै गोइयासबाट गरेको थिए । उनले गत युरोमा इटालीको टिमबाट डेब्यु गरेका थिए ।
ब्राजिलमा जन्मिएर इटालीबाट खेल्ने खेलाडीको सचूमा जोआओ पेड्रो थपिने भएका छन् । सिरी ए क्लब काग्लिएरीका स्ट्राइकर रहेका पेड्रोलाई फिफाले इटालीबाट खेल्न अनुमति दिएको छ । ब्राजिलको उमेर समूहको टिमबाट खेलिसकेका पेड्रो आउँदो मार्च २४ मा इटालीको टिमबाट डेब्यु गर्ने सम्भावना छ । त्यस दिन हुने विश्वकप छनौटको खेलमा इटालीले उत्तरी म्यासिडोनियाको सामना गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया