फुटबल

सहिद स्मारक ए डिभिजन लिग

थ्रीस्टारको तेस्रो जित, हिमालयन शेर्पाको तेस्रो हार

इकागज |
पुस २५, २०७८ आइतबार १९:५० बजे

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले आइतबार हिमालयन शेर्पामाथि २–० को जित दर्ता गरेको छ । यो जितसँगै थ्रीस्टारले लिगमा हिमालयन शेर्पाविरुद्धको अपराजित यात्रालाई लम्ब्याएको छ । लिगमा थ्रीस्टारले यसअघि हिमालयन शेर्पासँग पाँच खेल खेल्दा तीनमा जित हासिल गरेको थियो । अब जितको संख्या तीन पुगेको छ । 

जितसँगै थ्रीस्टार १३ अंकका साथ पाँचौँ स्थानमा उक्लेको छ । पराजित हिमालयन शेर्पा भने थ्रीस्टारभन्दा एक स्थान तल छ । थ्रीस्टारको जस्तै आठ खेल खेलेको हिमालयन शेर्पाको ११ अंक छ । थ्रीस्टारसँग हारेपछि हिमालयन शेर्पाको जित लयमा पूर्णविराम लागेको छ । हिमालयन शेर्पाले आफ्ना पछिल्ला तीन खेलमा ब्रिगेड बोइज क्लब, च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबलाई हराएको थियो ।  


थ्रीस्टारका लागि रितिक कुमार खड्का र घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे । थ्रीस्टारका दुवै गोल दोस्रो हाफमा मात्रै सम्भाव भएका थिए । हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले गरेको गल्तीको फाइदा उठाउँदै थ्रीस्टारले गोलको खाता खोलेको थियो ।

लेफ्टब्याक निशान खड्काबाट आएको बललाई नियन्त्रणमा लिएका रितिकले हिमलयन शेर्पाका खेलाडीलाई बिट गरेर क्रोमालाई पास दिएका दिएका थिए । त्यसपछि क्रोमाले रितिकलाई वान टच पास दिए । क्रोमाबाट फिर्ता आएको बललाई रितिकले बलियो प्रहारमा परिणत गर्न सकेनन् । तर बल हिमालय शेर्पाका रक्षक अमृतको खुट्टामा लागेर गोल भयो । 

थ्रीस्टारले दोस्रो गोल आतिरिक्त समयमा गर्‍यो । गोलरक्षक गुइलाउमे प्रिसोबाट आएको लामो पासलाई नियन्त्रणमा लिएका डोना थापाले लाकेन लिम्बुलाई पास दिए । लाकेनले हिमालयन शेर्पाका खेलाडीलाई बिट गर्दै क्रोमाका लागि बल उपलब्ध गराए । पेनाल्टी बक्सको छेउमै पुगेका क्रोमाले लेकानबाट आएको बललाई सजिलै पोस्टको दिशा देखाए ।


Author

थप समाचार
x