सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित
काठमाडौँ- सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो ।
१० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो डिबाला, लोकातेली, कुलुसेभ्स्की र डी स्किग्लिगोले १-१ गोल गरे । रोमाका लागि ट्यामी अब्राहम, हेन्रिख एमखितार्यान र पिलिग्रिनीले १-१ गोल गरे । खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।
जितपछि युभेन्ट्सले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया