अमेरिकनसहित यी क्लबले खेल्दैछन् आहारारा गोल्डकप
काठमाडौं- मोफसलको लोकप्रिय आहारारा गोल्डकप फुटबल प्रतियोगितामा एक अमेरिकन क्लबसहित १० टिमले सहभागिता जनाउने भएका छन्। माघ ६ बाट १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक साहारा, अमेरिकाको बि.वाई.एस.सीसहित ए डिभिजनका क्लबहरुले सहभागिता जनाउने भएका हुन्।
अब हुने प्रतियोगिता आहारारा गोल्डकपको २० औं संस्करण हो । आयोजक साहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीकाअनुसार नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी तथा संकटा, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, मछिन्द्र र हिमालयन शेर्पा क्लबकोसमेत सहभागिता रहने छ ।
कोभिड संक्रमणका कारण स्वास्थ्य मापदण्ड अपनाएर दर्शक राखेर प्रतियोगिता सञ्चालन गरिने तयारी छ । प्रतियोगिता हुने पोखरा रंगशालामा १६ हजार ५ सय दर्शक क्षमता छ। लकडाउन नभएको अवस्थामा सामाजिक दुरी कायम गरेर तोकिएको समयमा प्रतियोगिता हुने आयोजकले जनाएको छ।
सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैँया आम्दानी हुने अनुमान गरिएको जनाएको छ। प्रतियोगिताबाट १ करोड ६ लाख ४८ हजार ५ सय रुपैँया खर्च हुने अधिकारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया