च्यासलका दुई खेलाडीले ए डिभिजन नवौं चरणका खेल गुमाउने
काठमाडौं– च्यासल युथ क्लबका दुई खेलाडीलाई कोभिड–१९ पुष्टि भएपछि आगामी खेलहरू गुमाउने भएका छन् । डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीलाई कोभिड पुष्टि भएको हो ।
उनीहरू दुवैले सहिद स्मारक ए डिभिजनका नवौं चरणका खेलहरु गुमाउने छन् । कमल र प्रदिपलाई कोरोना भएको क्लबले पुष्टि गरेको हो।
च्यासल ५ अंकसहित १३ औ स्थान अर्थात रेलिगेसन जोनमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया