ए डिभिजनको नवौं चरण सुरू, मनाङलाई शीर्षमा पुग्ने मौका
काठमाडौं– कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण आजबाट सुरु हुँदैछ। आज दुई खेल हुँदैछ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो १ बजे सुरु हुने भएको हो।
८ खेलमा ७ अंक जोडेको एपीएफ लिगको दसौं स्थानमा छ । अंक् सुधार्ने मौका एपीएफले ताकिरहेको छ। एपीएफका सहायक प्रशिक्षक रत्न महर्जनले ३ अंकका लागि राम्रो तयारी गरेको प्रतिक्रिया दिएका छन् । उसले छैटौं स्थानमा रहेको शेर्पासँग खेल्दैछ । उता ८ खेलमा ११ अंक जोडेको हिमालयन पनि महत्वपूर्ण ३ अंककै लागि प्रतिष्पर्धामा उत्रनेछ।
४ः४५ बजे सुरु हुने दोस्रो खेललाई महत्वपूर्ण मानिएको छ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएकाले यसलाई विशेषका रुपमा हेरिएको हो । किनकि यो खेलबाट मनाङ लिगको शीर्षमा उक्लने तयारीमा छ ।
मनाङ अंक तालिकाको दोस्रोमामा छ । हालसम्म उसले १९ अंक जोडेको हो। मनाङका प्रशिक्षक तोपे फुजाले ३ अंक बटुल्दै शीर्षमा रहने तयारीका साथ मैदानमा उत्रने बताएका छन्। ‘सातादोबाटो राम्रो लयमा छ, हामीले त्यहीअनुसार मेहनत गरेका छौं,’ फुजाले भने ।
सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया