फुटबल

ब्रेन्टफोर्डलाई हराउदै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो लिभरपुल

इकागज |
माघ ३, २०७८ सोमबार ८:५ बजे

काठमाडौँ- लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको हो । जितमा फाबिन्हो, ओक्सलेड चेम्बरलेन र मिनामिनोले १-१ गोल गरे । 

४४औँ मिनेटमा फाबिन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा ओक्सलेडले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो । ७७औँ मिनेटमा मिनामिनोले गोल गर्दा लिभरपुलले सहज जित पार्‍यो । 


जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ ।


Author

थप समाचार
x