सामाजिक दूरी कायम गरेर रंगशाला छिरे नेपाली खेलाडी
फोटो : कर्मा छिरिङ शेर्पाको फेसबुकबाट
काठमाडौँ : मरिसससँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सामाजिक दूरी कायम गरेर रंगशाला प्रवेश गरेका छन् । दशरथ रंगशालामा अपरान्ह पौने ५ बजेपछि मात्रै सुरु हुने खेलमा खेलाडीहरु सामाजिक दूरी कायम गर्नुका साथै गेट अगाडि गोलो घेरामा टेकेर मात्रै रंगशाला प्रवेश गरेका हुन् ।
शनिबारको खेलमा दशरथ रंगशालामा पाँच हजार दर्शकलाई अनुमति दिइएको छ । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया