फुटबल

नेपाल र मरिसस बीचको खेल सुरु

इकागज |
माघ १८, २०७८ मंगलबार १६:५१ बजे

काठमाडौं– दशरथ रंगशालामा नेपाल र मरिसस बीचको फुटबल खेल सुरु भएको छ । यो दोस्रो मैत्रीपूर्ण खेल हो । पहिलो खेलमा फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले जित निकालेको थियो ।

४ः४५ बजे सुरु भएको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन्। 


दोस्रो खेलमा प्रशिक्षक अल्मुताइरीले नवीन गुरुङलाई डेब्यु गराएका छन् । नवीन नेपाली राष्ट्रिय टिममा अल्मुताइरीले डेब्यु गराएका ११ औं खेलाडी हुन् । मरिससविरुद्दको पहिलो मैत्रीपूर्ण खेलमा दुयृ खेलाडीले राष्ट्रिय जर्सीबाट डेब्यु गरेका थिए ।

यता, मरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किएका हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ । 

पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मरिसस फिनिसिङमा चुकेको थियो । 
 


Author

थप समाचार
x