मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी
काठमाडौँ : मरिससविरुद्धका दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी भएको छ । मंगलबार बेलूकी सकिएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको छ । नेपालको जितमा सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
त्यसपछि पहिलो र दोस्रो हाफमा नेपालले केही सुन्दर मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । खेल मैत्रीपूर्ण भएपनि केही तनावपूर्ण रह्यो । मरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा नेपालका एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल १–० गोलले विजयी भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया