फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले गरे सम्मान
काठमाडौँ- नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
उनले नेपाली फुटबल खेलाडी मिहनेती रहेकाे बताउँदै अन्तर्राष्ट्रिय एक्सपाेजरकाे आवश्यकता रहेकाे बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन् ।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि उपस्थिति थिए । शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया